उदयपुर — कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री मा. इस्राईल मन्सुरीले कृषि ज्ञान केन्द्र, उदयपुरको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ।>
अनुगमनका क्रममा मन्त्री मन्सुरीले कृषि सेवा प्रवाहको वर्तमान अवस्था, किसानमुखी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन तथा त्यस क्रममा देखिएका समस्या र चुनौतीबारे विस्तृत जानकारी लिनुभयो। उहाँले सेवा प्रवाहलाई अझ सरल, छरितो र प्रभावकारी बनाउन निर्देशन दिँदै कृषकका वास्तविक आवश्यकताअनुसार कार्यक्रम सञ्चालन गर्न जोड दिनुभयो।>
त्यसै अवसरमा मन्त्री मन्सुरीले सम्बन्धित कर्मचारी तथा कृषकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनीहरूको गुनासा, सुझाव र अनुभवहरू सुन्नुभएको थियो। कृषकहरूले अनुदान वितरण, प्राविधिक सहयोग र बजार व्यवस्थापनमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका थिए।>
अनुगमनकै क्रममा मन्त्री मन्सुरीले विभिन्न कृषि फर्महरूको समेत निरीक्षण गर्दै उत्पादन वृद्धि, आधुनिकीकरण र व्यावसायिक कृषिमा जोड दिन आवश्यक रहेको उल्लेख गर्नुभयो।>
मन्त्री मन्सुरीले कृषि क्षेत्रलाई प्रदेशको आर्थिक मेरुदण्डका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै, किसानमैत्री नीति र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने विश्वास व्यक्त गर्नुभयो।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन