मुख्य समाचार
मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने | सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार | सरकारद्वारा पूर्वप्रधानमन्त्रीहरूमाथि सम्पत्ति शुद्धीकरण छानबिन तीव्र | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामा, ५ दिन म्याद थप | इन्जिनियरदेखि र्‍यापर हुँदै प्रधानमन्त्रीसम्म बालेनको यात्रा |

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

Purwanchal Khabar

सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ४ मा नवनिर्मित प्रशासनिक भवनको भव्य उद्घाटन गरिएको छ। नयाँ भवन सञ्चालनमा आएसँगै स्थानीयबासीले अब आफ्नै वडाबाट सहज, छिटो र प्रभावकारी सेवा पाउने भएका छन्।

विगतमा साँघुरो कोठाबाट सेवा प्रवाह गर्दा सेवाग्राहीले झेल्नुपरेको सास्ती अब अन्त्य हुने अपेक्षा गरिएको छ। उद्घाटन समारोहमा प्रमुख अतिथि बेद गच्छादार ले गमलामा पानी हालेर कार्यक्रमको शुभारम्भ गरेका थिए भने शिलापत्र अनावरण र रिबन काटेर भवन औपचारिक रूपमा उद्घाटन गरिएको थियो।

उद्घाटनपछि सम्बोधन गर्दै मेयर गच्छादारले नेपालको संविधान २०७२ ले परिकल्पना गरेको “घरघरमा सिंहदरबार” अवधारणालाई दुहबीमा व्यवहारमा उतार्न सफल भएको बताए। उनले सीमित स्रोतसाधनका बाबजुद पनि नगरपालिकाले विकास निर्माण, रोजगारी सिर्जना, छात्रवृत्ति, रंगशाला निर्माण, साप्ताहिक हाटबजार व्यवस्थापन, भूमिहीन सुकुम्बासीका लागि आवास, कृषि तथा उद्यम विकास, कोल्ड स्टोर, फोहोर व्यवस्थापन, स्वास्थ्य सेवा विस्तार लगायत क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी गरे।

“जनताको अपेक्षा अझ धेरै छन्, ती पूरा गर्न बाँकी छ,” उनले भने, “आगामी एक वर्षमा सक्दो काम पूरा गर्नेछु, बाँकी काम जुनसुकै नेतृत्व आए पनि सहकार्य गरेर अघि बढ्छु।” साथै उनले पछिल्लो नयाँ नेतृत्वप्रति संकेत गर्दै जनताले पार्टी होइन, काम हेर्ने भएकाले सबैले जनभावना अनुसार काम गर्नुपर्नेमा जोड दिए।

वडा अध्यक्ष मुस्तकिम मिया ले निर्वाचनका बेला गरेको प्रतिबद्धतामध्ये प्रशासनिक भवन निर्माण गरेर सेवा सहज बनाउने महत्वपूर्ण लक्ष्य पूरा भएको बताए। उनले राजनीतिक पूर्वाग्रहबिना सबैलाई सेवा दिन पाएकोमा सन्तोष व्यक्त गरे।

त्यस्तै, उपमेयर मेनुका खतिवडा ले नयाँ भवन सञ्चालनसँगै स्थानीयहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा प्रजातन्त्र स्थापना पछि वडा नं. ४ बाट निर्वाचित जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूलाई मेयर गच्छादारले दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेका थिए।

नवनिर्मित भवनले दुहबी–४ मा सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

मन्त्री मन्सुरीको पहलमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

कोसीमा सहकारी पीडितलाई राहत सुरु पहिलो चरणमा २८७ बचतकर्तालाई रकम फिर्ता गरिने

३० चैत्र २०८२, सोमबार

सरकारी सञ्चार माध्यमै मात्र सुचना प्रकाशन गर्न निर्देशन

२० चैत्र २०८२, शुक्रबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

दुहबी–४ मा आधुनिक प्रशासनिक भवन उद्घाटन: “विरोधका लागि होइन, कामका आधारमा मूल्याङ्कन गरौं” – मेयर गच्छादार

१५ चैत्र २०८२, आइतबार

सम्बन्धित समाचार