सुनसरी — अशोक चौधरी ले देशभरका उद्योग, कलकारखाना तथा मिलहरूमा कार्यरत श्रमिकमाथि पार्टीगत ट्रेड युनियनको नाममा भइरहेको जबरजस्ती तलब कटौतीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।>
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले श्रमिकको सहमति बिना तलबबाट रकम काट्ने र नदिए काममा दुःख दिने गतिविधि पूर्ण रूपमा गैरकानुनी र अस्वीकार्य भएको बताएका छन्।>
उनका अनुसार श्रमिकको हक–हितको रक्षा गर्ने उद्देश्यले स्थापना भएका ट्रेड युनियनहरू नै कतिपय स्थानमा श्रमिकमाथिको अर्को आर्थिक बोझ बन्न थालेका छन्। “ट्रेड युनियन श्रमिकको ढाल बन्नुपर्थ्यो, तर कतै-कतै यो श्रमिकमाथिको अर्को कर बनेको छ,” उनले उल्लेख गरेका छन्।>
सांसद चौधरीले श्रमिकको पसिनामाथि राजनीति गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पार्दै सहमति बिना वा पार्टी युनियनको नाममा जबरजस्ती ‘लेवी’ उठाउने काम तत्काल बन्द गर्न आग्रह गरेका छन्।>
उनले श्रमिकको रगत–पसिनाबाट आर्जित आम्दानीलाई राजनीतिक चन्दाको रूपमा प्रयोग गर्ने प्रवृत्तिप्रति कडा आपत्ति जनाउँदै यसप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।>>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन